काठमाडौं,असार १३। उपाधिको दाबेदार मानिएको ब्राजिल कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । पेनाल्टी सुट आउटमा ब्राजिललाई हराएको  पाराग्वे भने सेमिफाइनलमा पुगेको छ ।

स्टार स्ट्राइकर नेयमारमाथि चार खेलको प्रतिवन्ध लागेपछि ब्राजिल कमजोर भएको थियो ।आइतबार विहान भएको क्वार्टरफाइनलमा पाराग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४–३ ले पराजित गरेको हो ।निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।