काठमाडौं,असार १३। वैशाख १२ को भूकम्पपछि भागेका एक सय ७८ कैदी अझै फरार छन् । सिन्धुपाल्चोक जेलबाट भागेका एक सय ७६ र काठमाडौंबाट भागेका दुईजना दुई महिना बित्दा पनि फारर नै छन् । सिन्धुपाल्चोकका डिएसपी विश्व अधिकारीका अनुसार भागेकामध्ये ४० जना सम्पर्कमा आएका छन् । सिन्धुपाल्चोक जेलबाट १२ वैशाखमा २ सय १ ६ जना कैदी– बन्दी भागेका थिए । भवन भत्कन लागेपछि प्रहरीले नै गेट खोलिदिएका थिए । भागेकामध्ये केही फर्केका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबारसम्म ४० जना सम्पर्कमा आएको र उनीहरु अन्य जिल्लाका कारागारमा राखिएको प्रहरीले जनाएको छ । केन्द्रीय कारागार र डिल्लीबजार कारागारबाट पनि एक–एक कैदी भागेका थिए । उनीहरु पनि पक्राउ परेका छैनन् । फरार कैदी पक्राउ गर्न नेपाल प्रहरीले एसएसपी सुवोध घिमिरेको अध्यक्षतामा एक समिति गठन गरेको छ ।