असार १२,नेपालगन्ज । करिव ४८ घण्टादेखिको अविरल बर्षाका कारण मध्य तथा सुदुरपश्चिमाञ्चलको जनजीवन फेरी प्रभावित भएको छ । बर्षाका कारण सडकहरु भत्केका छन् भने मुख्य बजारक्षेत्रहरु ढुवानमा परेका छन् । महाकाली नदीमाथीको पानी बहाव बढ्दै गएपछि त्यहाँको जनजिवत त्रसित बनेको छ । महाकाली नदीमाथी पानीको सतह खतराको केन्द्रबिन्दु नजिक पुगेको छ । महाकाली नदी नजिक गाउँहरुलाई सचेत रहन स्थानीय प्रशासनले सार्वजनिक अपिल गरेको छ ।
त्यसैगरी बर्षाका कारण बाँके र बर्दियाको जनजिवन पनि प्रभावित बनेको छ । अघिल्लो बर्ष बाढी पहिरोबाट विस्थापित परिवाहरु फेरी ढुवानमा परेका छन् । बाँके नेपालगन्जको मुख्य स्थान सेतु विक चोक, सदरलाइन, न्यूरोड लगायतका स्थान ढुवानमा परेका छन् । बाढीका कारण हालसम्म धनजनको क्षति भने भएको छैन ।