ललितपुर असार ११ । ललितपुरलाई केन्द्रबिन्दु बनाएर शुक्रबार अपरान्ह फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४५ मिनेटमा गएको भूकम्पको धक्का ४.१ रेक्टर स्केल मापन गरिएको छ।

गत वैशाख १२ पछि ‘गोरखा भूकम्प’पछिका परकम्पन आउनेक्रम अझै रोकिएको छैन।