काठमाडौं असार ११ । निरन्तर झरिले महाकाली नदीमा पानीको सतह बढेको छ । नदीको पानीको बवाह बढेपछि नदी किनारका बस्तीमा त्रास बढेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
निरन्तर वर्षा नरोकिदा तथा नदीको पानीको बहाव बढ्दा जादा नदी किनार अपी नगरपालिका–११ बङ्गाबगडस्थित कैलाशपति निम्न माध्यमिक विद्यालय बन्द भएको छ । ‘बिहानबाट बर्षा रोकिएको छैन ।
’ विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र बहादुर सिहले भने, ‘आकाशबाट पानी पर्न नरोकिएकाले विद्यार्थीहरुमा मनोवैज्ञानिक असर पर्न सक्छ ।’ नदीको सतह बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै विद्यालय बन्द गरिएको छ । विद्यालयको पछाडी पट्टीको भागबाट नदी कटान सुरु गर्न थालेपछि विद्यालय बन्द गरिएको उनले बताए ।
बङ्गाबगड क्षेत्रमा बाढीको जोखिम रहेको सो क्षेत्रमा तटबन्धको काम पनि ढिला गरी सुरु भएको हो । निर्माण कार्य पनि सुस्त भएकाले वर्षातको समयमा जोखिमको त्रास बढेको स्थानीय मानसिह बोहराले बताए ।