काठमाडौँ, असार १० गते । अर्थमन्त्री डा रामशरण महतले ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन–२०१५’ अत्यन्त सफल भएको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै सम्मेलनका संयोजक डा महतले सम्मेलनमा आफूहरुले अपेक्षा गरेभन्दा पनि राम्रो उपस्थिति र प्रतिबद्धता प्राप्त भएको तथा यसबाट नेपालको पुनःनिर्माणमा महत्वपूर्ण सन्देश मिलेको बताउनुभयो । उहाँले सम्मेलनबाट आगामी दिनमा देशको आर्थिक अवस्था सबल बन्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच अर्थमन्त्री डा महतसँग केहिबेरअघि जापानका विदेश राज्यमन्त्री मिनोरु कियुचीले भेटवार्ता गर्नुभएको छ । रासस