१० असार, काठमाडौ ।बिहीबार बिहानैदेखि पश्चिमी क्षेत्रका धेरै ठाउँमा पानी परेको छ । चितवन नारायणघाटको नारायणी नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान साढे १० बजे त्यहाँ पानीको सतह खतराको संकेतभन्दा धेरै भएको छ ।अरु ठाउँमा भने नदीमा पानीको बहाव सामान्य रहेको विभागले जनाएको छ ।