१० असार, काठमाडौं । बंगलोदशविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारत ७७ रनले विजयी भएको छ । यससँगै बंगलादेशले सिरिज २–१ ले जितेको छ ।

मिरपुरमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३१७ रन बनायो । जवाफमा मैदान उत्रिएको घरेलु टोलीले ४७ ओभरमा सबै विकेट गुमाएर २४० रन मात्र बनाउन सक्यो ।

 

बंगलादेशका मुस्ताफिजुर रहमान प्लेयर अफ दि सिरिज घोषित भए । उनले डेब्यू वनडेमा ५ विकेट लिएका थिए भने दोस्रोमा ६ विकेट हात पारे । भारतका सुरेश रैनाले ३ विकेट लिएर रैना प्लेयर  अफ दि म्याच घोषित भए ।