१० असार, काठमाडौ । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावर ब्यवसायीको दबाबका बाबजुद असार २१ गतेदेखि खाडीका ६ मुलुक र मलेसियामा ‘फ्री भिसा,फ्री टिकट’ ब्यवस्था लागू गर्ने भएको छ ।
बुधवार वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सार्वजनिक सूचना जारी गरी २१ गतेदेखि यी सात मुलुकमा निःशुल्क भिसा र टिकट अनिवार्य गरेको  छ ।

जेठ २६ गते श्रम तथा रोजगार मन्त्रालयले बहराइन, कतार, साउदी अरब,  संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कुबेत र मलेसिया जाने नेपाली कामदारका लागि रोजगारदाता कम्पनीले भिसा, आउनेजाने हवाई टिकटको खर्च ब्यहोर्ने र कामदारको तलबबाट कुनै पनि खर्च नकटाउने सर्तमा मात्र श्रम स्वीकृति दिने निर्णय गरेको थियो । यो ब्यवस्था असार २१ गतेदेखि लागू हुने बोर्डको वेबसाइटमा उल्लेख छ ।