काडमाढौं असार ९ ।  सिजी ग्रुप अन्तर्गत सि.जी. इलेक्ट्रोनिक्सले एल जी स्मार्ट रेफ्रिजेरेटर बजारमा ल्याएको छ । उपभोक्ताहरुको माग अनुरुप एलजी स्मार्ट एक्सचेन्ज अफर अन्तर्गत जुनसुकै ब्राण्डका रेफ्रिजेरेटर पनि एल जी स्मार्ट रेफ्रिजेरेटरसंग साट्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले बुधबार बुटवलमा रेफ्रिजेरेटरको नयाँ उत्पादन सार्वजनिक गर्दै बुटवलसँगैै पोखरा, नारायणघाट तथा एलजीका अन्य सोरुमहरुमा पनि ‘प्ले स्मार्ट गेम्स विथ एलजी’ नामक बजार प्रवद्र्धनका कार्यक्रम पनि संचालन गर्दै जाने बताएको छ ।
कम्पनीको तर्फबाट एलजी स्मार्ट रेफ्रिजेरेटरको बारेमा जानकारी गराउँदै बजार प्रतिनिधी बद्री भट्टराईले एलजीको रेफ्रिजेरेटरमा भएको नयां स्मार्ट इन्भर्टर कम्प्रेसर प्रविधिले उर्जा वचत गर्नुको साथै रेफ्रिजेरेटरमा रहेका खाद्यवस्तुलाई ताजापन राख्ने तथा कम ध्वनी प्रदुषण हुने बताए।
भट्टराईले एलजीको नयाँ स्मार्ट इन्भर्टर कम्प्रेसर प्रविधिमा थोरै मात्र फ्रिक्सन प्वाईन्ट र थोरै घस्रन हुने भएकाले ३६ प्रतिशतसम्म उर्जा बचत हुने पनि दावी गरे । स्मार्ट ईन्भर्टर कम्प्रेसर रेफ्रिजेरेटरमा आर६०० ए नामक ग्याँसको प्रयोग गरिएकोले कार्वन डाईअक्साईको उत्सर्जनमा कमी गराई वातावरण समेत स्वच्छ राख्न सघाउ पुग्ने कम्पनीको दावी छ ।
डबल डोर र आकर्षक मोडलमा उत्पादन गरिएको स्मार्ट ईन्भर्टर कम्प्रेसर रेफ्रिजेरेटर ४० हजारदेखि ७२ हजार रुपैयाँ सम्ममा एलजीका जुनसुकै सोरुमबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।