मुम्बई ।बलिउड अभिनेत्री करिना कपुरले बताएअनुसार उनी सेक्सी र ग्ल्यामरस देखिनमा सासु तथा पुरानी अभिनेतृ शर्मिला टैगोरको हात रहेको खुलासा गरेकी छिन्।  फिल्मका गीत र नाच मन पराउने भएकाले शर्मिलाले करिनालाई सेक्सी र ग्ल्यामरस देखिनुपर्ने सुझाव दिएकी हुन्।
 करिनाले भनेकी छिन्,‘विहेपछि घर र करियर एकैसाथ चलाउने प्रेरणा मैले सासुबाटै पाएको हूँ। किनकी उहाँले बच्चा भएपछि पनि करियरलाई निरन्तरता दिनुभयो। उहाँले ठूला स्टारसँग काम गर्नुभएको छ । यो साह्रै महत्वपूर्ण कुरा हो। परिवार र करियर एकैसाथ सम्हाल्न सकेकोले उहाँ मेरो सधैं प्रेरणामा रहनुहुन्छ।’
 १७ जुलाईमा रिलिज हुसने फिल्म बजरंगी भाइजानमा देखिन लागेकी करिनाले हेमा मालिनी र शर्मिला टैगोरको अभिनयबाट धेरै प्रभावित भएको पनि बताएकी छिन्।-एजेन्सी