८ असार, काठमाडौं ।नेपाली चलचित्रमा एक्सन नायकको छवि बनाएका निखिल उप्रेती र नायिका सञ्जिता लुइँटेल अब लामो समय पछि एकसाथ पर्दामा देखिने भएका छन् । चलचित्र ‘माया त माया’को छायांकनको बेला प्रेममा परेपछि उनीहरुले भागेर मुम्बईमा बिबाह गरेका थिए । पहिलो श्रीमती कोपिलालाई छोडेर नायिका सञ्जिता लुईटेललाई उपनाएपछि नेपाली चलचित्रक्षेत्रमा करिब ५ बर्षसम्म नदेखिएका नायक उप्रेती पछिल्लो समय नेपाली चलचित्रको छायांकनको क्रममा निकै व्यस्त छन् ।

निर्देशक विवी फुयाँलले निर्देशन गर्न लागेको चलचित्र च्याम्पियनमा  एउटा क्रिकेटको जीवनी माथि निर्माण हुन लागेको यस चलचित्रमा नायक निखिल उप्रेती क्रिकेटरको भुमिका निभाउने छन् भने अभिनेत्री सञ्चिता उनको प्रेमिकाको भुमिकामा देखिने बताइएको छ । आरडी मिडिया हाउसको ब्यानरमा निर्माण हुने यस चलचित्रलार्य टेकमणि पोख्रेलले निर्माण गर्दैछन् । चलचित्रमा पवन गौतमको छायांकन र टंक बुढाथोकीको संगीत रहने निर्देशक फुयाँलले जानकारी दिए ।