८ असार, काठमाडौं । बलिउड नायीका आलिया भट्ट चलचित्र छायांकनको क्रममा घाइते भएकी छिन् । ‘कपूर एन्ड सन्स’ को छायांकन गर्न उनी हाल तामिल नाडुमा छिन् ।  उनले आफ्नो टि्वटरमा लेखेकी छिन्- ‘मेरो शुभचिन्तकहरुलाई धन्यवाद ,चिन्ता गर्नुपर्दैन । दुई हप्तामा ठिक हुन्छु ।उनको दाहिने काँधमा चोट लागेको हिन्दुस्तान टाइम्सले बताएको छ ।