कालीकोट, असार ७ गते । राजनीतिक घटनाक्रममा दोहोरो झडपमा परी ज्यान गुमाएका स्युना गाविसका खड्क दर्जीका आफन्तले आठ वर्षसम्म राहत नपाएको भन्दै विरोध जनाएका छन् ।

राजनीतिक द्वन्द्वका कारण मृत्यु भएको आठ वर्ष बितिसक्दा पनि आफूले राहत नभएको भन्दै मृतकका आफन्तले विरोध जनाउँदै राहतका लागि पहल गरिदिन अनुरोध गरेका छ ।

खडक दर्जीका बुबा श्रीमाने दर्जीले छोराको ज्यान जाने समयमा राहतको आश्वासन दिएका सबै राजनीतिक दलमध्ये अहिले कसैले पनि पहल नगरेको भन्दै दुःख व्यक्त गरेका छन् ।

विसं २०६४ चैत २६ गते राजनीतिक दलका कार्यकर्ताहरुको एकापसको झडपका क्रममा मान्म गाविसको सेरीघाटमा खडक दर्जीको ज्यान गएको थियो । श्रीमाने दर्जीले आफ्नो छोराको हत्या एमालेका कार्यकर्ताले गरेको आरोप लगाउनुभएको छ ।

जिल्लामा धेरै पटक सर्वदलीय सर्वपक्षीय तथा शान्ति समितिको बैठकले मृतक खडकको घरपरिवारलाई राहतका लागि पहल गर्ने निर्णय र सहमतिहरु भएका छन् । तर पीडित पक्षले राहतको आशा गर्दागर्दै आठ वर्ष बितिसकेको छ ।

नेकपा ९एमाले०का सचिव चित्रसिंह गाउँलेले घटनाक्रममा झडप हुँदा मरेको हुनसक्ने भन्दै राजनीतिक रुपमा प्रमाणित नभएकाले एमालेलाई आक्षेप नलगाउन अनुरोध गनुएभएको छ । रासस