८ असार, काठमाडौं ।मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मला (निर्मला जोशी)को ८१ वर्षको उमेरमा कोलकातामा निधन भएको छ । नोवेल पुरस्कार विजेता मदर टेरेसाले कोलकातामा स्थापना गरेको परोपकारी संस्था मिसनरिज अफ च्यारिटीको उनीपछि निर्मला प्रमुख थिइन् ।

उनको गए राति १२.५ मा निधन भएको नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले जानकारी दिए ।उनलाई भारत सरकारले पद्मविभुषणबाट सम्मानीत गरेको थियो । सन् १९३४ मा नेपालको स्यांगजामा जन्मिएकी निर्मला १९९७ को मार्चदेखि २००९ सम्म मिसनरिज अफ च्यारिटीको सुपेरियर जनरल थिइन् ।