दोलखा, आषाढ ७ । दोलखाको भिमेश्वर नगरपालिका–१३ साखिनेमा आइतबार रातीदेखि गएको सुख्खा पहिरोका कारण पुष्पलाल लोकमार्ग अवरुद्ध बनेको छ ।

करिव ४० मिटर माथिबाट ढुंगासहित खसेको पहिरोको कारण यातायात सेवा पूर्ण रुपमा ठप्प बनेको हो ।

पहिरोको कारण काठमाडौंबाट गएका गाडी र रामेछाप तथाओखलढुंगाबाट आएका गाडी र सयौं यात्रु सााखिनेमा नै रोकिएका छन् ।

सडक डिभिजन कार्यालय दोलखाले दुई वटा स्काइभेटरको सहयोगमा अबरुद्ध सडक पन्छाउने प्रयास गरे पनि उक्त क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि त्यो सफल हुन सकेको छैन ।

प्रयास जारी रहे पनि सोमबार बाटो खुल्ने अनिश्चित बनेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्त लामाले जानकारी दिए ।