मुम्बई । माईक्रो ब्लगिङ साईट ट्वीटरमा प्रियंका चोपडाका चाहनेहरुको संख्या एक करोड पुगेको छ । आफ्नो प्रसंसक एक करोड पुगेकोमा उनले आफुलाई भाग्यशाली महशुस् गरेकी छिन् ।

३२ वर्षीय यी अभिनेत्रीले ट्वीट गर्दै भनेकी छिन् ‘म खुसी भएको हेर्न चाहनेहरु एक करोड छन् । आफुलाई निकै भाग्यशाली महसुस गरिरहेकी छु ।’