बंगलादेश, असार ७।  बंगलादेशले दोस्रो एकदिवसीय खेलमा भारतलाई ६ विकेटले हराउँदै पहिलोपटक भारत विरुद्ध एकदिवसीय श्रृंखलाको उपाधी जित्न गर्न सफल भएको छ । यस जितसँगै बंगलादेश च्याम्पियन्स ट्रफीका लागि पनि आफ्नो स्थान पक्का गरेको छ । बायाँ हाते तिव्रगतीका बलर मुस्ताफिजुर रहमानले बंगलादेशका लागि ४३ रन दिँदै ६ विकेट लिएपछि भारत मात्र २०० रनमा समेटिएको थियो । पानीका कारण ४७ ओभरमा घटाइएको खेलमा बंगलादेशले ३८ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पछ्याउन सफल भएको थियो ।  तीन म्याचको एकदिवसीय श्रृंखलामा २–०ले अगाडी रहँदै बंगलादेशले ट्रफी कब्जा गरेको हो ।  श्रृंखलाको अन्तिम खेल बुधबार हुनेछ ।