काठमाडौं असार ६ । नेपाल बंगलादेश बैंक लि ले आफनो ३० औं शाखा दार्चुलाको खलङ्गा बजारमा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थितिमा बैंकका संचालक श्री मुकुन्दनाथ ढुङ्गेल ज्यू तथा न्यायाधिस दयानन्द पनेरु द्धारा मिति २०७२ असार ०६ गते संयुक्त रुपमा एक समारोहका बिच गर्नुभयो ।
नेपाल बंगलादेश बैंक लि. २०५१ साल जेष्ठ २३ गते स्थापना भई आफनो ग्राहकवर्गहरुलाई निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको कुरा जानकारी गराएको छ । साथै बैंकले शाखा बिस्तार कार्यक्रम अन्तर्गत यस आर्थिक बर्षमा अरु थप शाखा सन्जालहरु बिस्तार गर्दै जाने जनाएको छ ।
बैंक को आ.व. २०७१।७२ को तेस्रो त्रैमासिक बित्तिय बिबरण अनुसार कुल निक्षेप २९.५८ अर्ब, कुल कर्जा २५.३३ अर्ब रहेको जनाएको छ । बैंकको निष्कृय कर्जा १.९३ प्रतिशत रहेको र पूँजीकोष १०.६३ प्रतिशत रहेको जनाएको छ । साथै गत बर्ष बैंकले आफना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर तथा ७.८९ प्रतिशत नगद लाभांस वितरण गरेको छ । यस दार्चुला शाखा सगैं अब बैंकको ३० शाखा, ७ शाखारहित घरदैलो बैकिङ्ग सेवा तथा ३४ वटा ATM बाट बैंकिङ्ग सुबिधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।