काठमाडौं असार ६ । संगठित लुटपाटमा एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाका नायव उपरीक्षक रमेश थापा नेतृत्वको टोलीले लुटपाट गिरोहमा संलग्न छ जनालाई हतियारसहित पक्राउ गरेको हो । प्रहरीले टोलीले कलंकी र धादिङ झ्याप्ले खोलाबाट छ जनालाई नियन्त्रणमा लिएको हो।उनीहरुलाई आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ।उनीहरुबाट प्रहरीले दुई थान पेस्तोल बरामद गरेको छ। लुटपाटका क्रममा उनीहरुले प्रहरीको पोशाकसमेत प्रयोग गर्ने गरेको खुलासा भएको छ। हतियार देखाएर वा प्रयोग गरेर उनीहरुले संगठित रुपमा लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ। सुन लुट्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले उक्त गिरोहलाई पक्राउ गरेको हो।