काठमाडौं ४ असार । नेपालमा गएको महाभूकम्पका पिडीत जनताको राहत स्वरुप भारतको प्रसिद्ध मोटर कम्पनी फोर्स मोटर्स लिमिटेडले तीन वटा (२ वटा ट्रा जीप र एउटा ट्राभलर ) एम्बुलेन्स निशुल्क रुपमा आफ्नो आधिकारीक विक्रेता आयाम इन्टरकन्टीनेण्टल प्रा. लि. मार्फत “लायन्स क्लव्स इन्टरनेश्नल मल्टिपल डिष्ट्रिक्ट ३२५” अन्तर्गतको डिष्ट्रिक्ट ३२५ बी १ मा आवद्द रहेका क्रमशः लायन्स क्लव अफ काठमाडौं गोंगवु, लायन्स क्लव अफ पोखरा पंचासे चौतारी र लायन्स क्लव अफ बेनी म्याग्दीको संयोजकत्योमा त्यस क्षेत्रका लायन्स क्लवहरुले संचालन गर्ने गरी सहयोग स्वरुप प्रदान गरिएको छ ।
ट्राभलर एम्बुलेन्स भारतको सर्वाधिक लोकप्रिय तथा आपतकालीन स्वास्थ सेवाका लागि सर्वत्र रुचाइएको एम्बुलेन्स हो । भारतको केन्दिय सरकार साथैै विभिन्न राज्यहरुमा यसका एम्बुलेन्सहरु प्राथमिकता आधारमा संचालित छन् । ट्राक्यसका एम्बुलेन्सहरु फो ब्हिलर पनि भएको हुँदा कच्ची, ग्रामीण साथै साँगुरा सडकहरुमा बढी लोकप्रिय छन् ।
हस्तान्तरण समारोहलाईसम्वोधन गर्ने क्रममा फोर्स मोटर्स लिमिटेडका महाप्रबन्धक श्री रविन्द्र पट्कीज्यू ले भन्नुभयो “गत वर्ष मात्र फोर्स मोटस्ले महाराष्ट्र सरकारलाई ७०० ( सात सय ) वटा ट्राभलर एम्बुलेन्स पूर्ति गरेको थियो । महाराष्ट्रका हरेक जिल्लामा वितरित उक्त एम्बुलेन्स सेवा बाट मात्रै गत वर्ष ९०० जनाको ज्यान जोगाउन सकिएको थियो ।” पट्कीले थप्नु भयो “नेपालका भूकम्प पिडित जनताको सेवामा समर्पित गर्ने अभिप्रायले हामीले यी ३ वटा एम्बुलेन्सहरु सहयोग गरेका छौँ ।”
प्रमुख अतिथी स्वास्थ मन्त्री खगराज अधिकारीज्यूले फोर्स मोटर्स संकटका बेला सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिनु भयो ।
प्रदान गरिएका एम्बुलेन्सहरु भूकम्प बाट बढी प्रभावित जिल्लाहरु क्रमशः सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा लगायतका क्षेत्रका जनताको स्वास्थ सेवाका लागि परिचालीत गरिनेछ । २०७२ असार ४ गतेका दिन स्वास्थ मन्त्री माननीय खगराज अधिकारीज्यूको प्रमुख अतिथ्यतामा तथा फोर्स मोटर्स लिमिटेड भारतका महाप्रबन्धक श्री रविन्द्र पट्कीको विशेष आतिथ्यतामा लैनचौर ब्यान्क्वेट, लैनचौर काठमाडौंमा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सु–सम्पन्न भयो ।
फोर्स मोटर्स लिमिटेड सन् १९५८ मा श्री एन.के. फिरोदियाज्यूले किफायती व्यवसायीक यातायात सुृविधा प्रदान गर्ने हेतुले कम्पनी स्थापना गर्नु भएको थियो । व्यक्तिहरुलाई व्यवसायीक फाइदा लिँदै अगाडी बढाउने सवालमा फोर्स मोटर्सले आफ्ना व्यवसाय अगाडी बढाउँदै लग्यो । “वजाज टेम्पो थ्री ब्हिलर” वाट व्यवसाय शुरु भएको यस कम्पनीको हाल भारतमा Tempo, Matador, ट्राभलर ब्राण्डका ब्राण्डहरु सु–परिचित छन् ।

हाल फोर्स मोटर्स लिमिटेड भारतको आटोमोबाइल क्षेत्रको एक उत्कृष्ट कम्पनीका रुपमा परिचित छ । कम्पनीका Traveller Light Commercial Vehicle, Trax Multi- Utility Vehicle र Cross Country Vehicle, Trump Small Commercial Vehicle , Balwan Tactors हरुको उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले हालसालै व्यक्तिगत  तथा SUV को रुपमा FORCE ONE  र Extreme Off roader Vehicle  को रुपमा Gurkha को उत्पादन तथा विक्री प्रारम्भ गरेको छ ।
फोर्स मोटर्सले नेपालमा आफ्नो स्थानिय डिलर मार्फत विभिन्न Trax ( १४ सिट क्षमता भएको Trax Cruiser, Kargo King, Gama), Trump 40, Gurkha, Traveller  तथा Tractor हरु विक्री वितरण गर्दै आइरहेको छ ।