काठमाडौं असार ६ । कोपा अमेरिका फुटबल अन्तर्गत आइतबार बिहान भएको खेलमा उपाधि दाबेदार अर्जेन्टिनाले जमैकालार्इ पराजित गरेको छ ।

लियोनेल मेस्सीले देशका लागि लागि एकसयौं खेल खेल्दा गोन्जालो हिगुइनले विजयी गोल गरेपछि अर्जेन्टिना समूहको बीको खेलमा दोस्रो जित दर्ता गरेको हो ।

यो जितसँगै अर्जेन्टिना सात अंकसहित समूह बीको समूह विजेता भएको छ । पछिल्लो खेलमा जमैकालाई १-० ले पराजित गरेपछि अर्जेन्टीनाले समूह चरणमा दुई जित र एक बराबरी खेली ७ अंक जोडेको छ ।

अर्जेन्टिनाका लागि नेपोलीका स्ट्रार्इक हिगुइनले खेलको ११ औं मिनेटमा एन्जेल डि मारियाको पासमा गरेको गोल नै खेलको निर्णायक बन्यो ।

सोही समूहको अर्को खेलमा पाराग्वे र उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन् । बराबरीपछि समूह बीको दोस्रो स्थानमा रहेको पाराग्वे ५ अंकसहित अगाडि बढेको छ ।

४ अंकसहित तेस्रो स्थानमा रहेको उरुग्वे पनि समूह चरणबाट अगाडि बढ्न सफल भयो ।

समूह विजेता अर्जेन्टिनाले अब क्वाटरफाइनलमा इक्वेडर, भेनेजुयला र पेरुमध्ये एउटा देशसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह सीका अन्तर्गत समूह चरणका अन्तिम खेल सोमबार हुँदैछन् । जसमा ब्रजिल र भेनेजुयला एउटा खेलमा भिड्ने छन् भने अर्को खेलमा कोलम्बिया र पेरुले प्रतिस्पर्धा गर्नेछन् । यो समूहमा चारवटै देशको तीन अंक भएकाले सबैले जितका लागि खेल्नुपर्ने छ ।