काठमाडौं,असार ५।भूकम्पमा मृत्यु भएका ५० जनाभन्दा बढीको शव चिन्न समस्या परेपछि डिएनए परीक्षणबाट सनाखत हुने भएको छ । कतिपय शवका टुक्रा र कंकाल मात्र फेला परेपछि डिएनए परीक्षणमार्फत शव पहिचान गर्न लागिएको हो

१४ वटा सग्ला शवको पनि हालसम्म पहिचान हुन सकेको छैन । अन्य केही शवका टुक्रा र हात मात्र भेटिएका छन् । ३५ शवका टुक्रा मात्रै भेटिएकाले तिनलाई अलग-अलग शव मानेर डिएनए परीक्षण पक्रिया सुरु गरिएको   छ ।

रसुवा तथा दोलखामा लामो समयपछि उत्खनन गरिएका शवका हड्डी र टुक्रामात्र भेटिएका छन् । शव र शवका टुक्रालाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । गोंगबुका भत्केका केही घरमा अझै पनि शव रहेको अनुमान गरिएको छ ।