काठमाडौ असार ४ ।इस्लाम धर्मावलम्बीहरुको एक महिने रमजान शुक्रबारदेखि सुरु भएको छ ।इस्लामी पात्रो हिजरी सम्वतको नवौं महिनाभर विश्वभरका उमेर पुगेका मुसलमानहरु रोजा अर्थात् व्रत बस्ने गर्दछन् । यो एक महिना उनीहरु उपवास बस्छन् । दिनभर भोकै बस्ने र सूर्यास्तपछि मात्र भोजन गर्ने हुनाले हिजरी सम्वतको नवौं महिनालाई पवित्र मानिन्छ ।
यस अवधिमा उनीहरुले नियमित रुपमा दिनको पाँचपटक नमाज पढ्नुका साथै रातमा तरावी नमाज पढ्ने गर्दछन् ।रमजान सकिएको भोलिपल्ट मुसलमान समुदायले इद–उल फित्र पर्व हर्षोल्लासपूर्वक मनाउने गर्दछन् ।