काठमाडौं, आषाढ ३ । अमेरिकाको एक ऐतिहासिक चर्चमा गोली प्रहार हुँदा कम्तीमा  नौ जनाको मृत्यु भएको छ । साउथ क्यारोलिना स्थित चाल्र्सस्टनमा अज्ञात ब्यक्तिले गोली चलाउदा नौ जनाको मृत्यु भएको अधिकारीले बताएका छन ।चर्चमा एक सभा चलिरहेको समयमा गोली प्रहार भएको प्रहरीले बताएको छ । गोली प्रहारबाट अन्य केही ब्यक्ति घाइते भएका छन । चाल्र्सटनका प्रहरी प्रमुख ग्रेगरी मुलेनले ८ जना इमानुएल अफ्रिकन मेथोडिस्ट एपिस्कोपल चर्च भित्रै मारिएको र एक जनाको केही समय पश्चात मृत्यु भएको जनाएका छन । यो घटना घृणाका कारण भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरी संदिग्ध एक गोरा जातिका ब्यक्तिलाई खोजी रहेको छ । गोली प्रहार गर्ने ब्यक्ति एक २१ बर्षको युवक रहेको र उसले स्वेटसर्ट, जिन्स पाइन्ट र बुट लगाएको प्रहरीले बताएको छ । यो घटनापछि अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकनका तर्फबाट उम्मेदवारी दिएका जेव बुसले चाल्र्सटोन भ्रमण कार्यक्रम रद्ध गरेका छन । यो चर्च १९ औं शताब्दीमा निमार्ण भएको अमेरिकाको सबैभन्दा पुरानो चर्च हो ।  यो चर्च निमार्ण गर्ने संस्थापक मध्येका एक डेनमार्क भेसे  १८२२ भएको विफल दास बिद्रोहका नेता थिए । –एजेन्सी