असार ३,काठमाडौं।शुक्रबारदेखि मध्य र पूर्वी क्षेत्रमा मनसुन सक्रिय हुने मौसमविदले अनुमान गरेका छन् । बंगालको खाडीबाट मनसुन सक्रिय गराउने वायु नेपाल आइरहेकाले भोलिदेखि मनसुन सक्रिय हुने अनुमान गरिएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार त्यो वायुले जलवाष्पयुक्त हावा लिएर नेपाल आइरहेकाले मनसुन अझै सक्रिय हुने अनुमान गरिएको हो । त्यो वायु नेपालमा भित्रिएपछि विशेषगरी मध्य र पूर्वमा बदली हुनेछ । महाशाखाका अनुसार आज बिहानैदेखि देशैभरी मौसम बदली भैरहेको छ । बेलुकीसम्ममा केहि ठाउँमा पानी पर्ने अनुमान गरिएको मौसमविद् पौडेलले बताउनुभयो ।