आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले सस्तिएर  प्रतितोला ५१ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको छ। मंगलवार सुनको मूल्य तोलामा ५२ हजार कायम भएको थियो। त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।