काठमाडौं असार २ । बुधबार बिहान काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।
काठमाडौं  केन्द्रबिन्दु भएको ४.४ म्याग्निच्यूटको  बिहान ५ बजेर ५९ मिनेटमा करिब ३ सेकेन्डसम्म भुकम्पको धक्का महसुस भएको हो ।
 यसअघि मंगलबार राति दोलखा केन्द्रबिन्दु भएको भुकम्पको धक्का महसुस भएको थियो । मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूटको भूकम्प गएको थियो ।