काठमाडौं असार १ । फोर्डको कारको नेपालका लागि आधिकारिक बिक्रेता गो अटोमोबायल्स प्रा.लि.ले आफ्ना कारको खरिदमा ७ लाख रुपैयाँसम्मको छुटको व्यवस्था गरेको छ। १४ जुनदेखि १६ जुनसम्म दिइएको यो सुविधा सन् २०१४ का कारहरुमा माञ लागू हुने गो अटोमाबायल्सका सेल्स म्यानेजर निरञ्जन रेग्मीले बताएका छन्।
सन् २०१४ का ६ वटा मोडेल– फिगो, क्लासिक, फिस्ता, इकोस्पोर्ट, इन्डेभियर र फोकसमा यो सुविधा दिइएको छ। सबैभन्दा सस्तो १९ लाख ५० हजार रुपैयाँको फिगो (पेट्रोल इन्जिन) र महंगोमा ६७ लाख रुपैयाँको फोकसमा दिइएको यो सुविधा योजनामा कारको मोडल र मूल्यका आधारमा छुट रकम फरक पर्ने पनि रेग्मीले बताएका छन्।
त्यस्तै गाडीको बीमा, सर्भिसिङ, पाटपूर्जामा र क्यास सबैको प्याकेज मिलाएर छुट रकम निर्धारण हुने पनि बताइएको छ।