१ असार,काठमाडौं। तत्कालिन क्रिकेट संघले करार सम्झौता नविकरण नगरेपछि क्यानाडा फर्कीएका पुबुदुलाई नेपाल सरकारले सोझै एक वर्षे करार दिएर बोलाएको थियो ।त्यतिवेला युवा तथाखेलकुद मन्त्रालयले दिएको सम्झौतापत्रमा पुबुदको करार अवधी जुन १५ सम्मको रहने उल्लेख छ ।

सरकारसँगको सम्झौता अनुसार पुबुदुले मासिक १० हजार डलर पारिश्रमिक तथा नेपाल बसाइको खर्चबापत थप २ लाख रुपैंया पाउदै आएका छन् ।पुबुदुको करार नविकरण सम्बन्धमा नेपाल सरकारले केही बोलेको छैन ।

विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट छनौट प्रतियोगिताको तयारीमा रहेको नेपाली टोलीसँगै हाल पुबुद भारतको हिमाञ्चल प्रदेशमा रहेका छन् ।करार अवधि सकिएपनि आसन्न विश्वकप छनौट प्रतियोगितामा नेपाली टोलीको नेतृत्व पुबुदुले नैं गर्नेछन् ।त्यसपछि नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतका एक दिवसिय खेलहरु खेल्नेछ ।

उता नेपाल क्रिकेट संघ क्यानले यही असार ४ गते साधारण सभा गर्ने तयारी गरेको छ ।आन्तरिक विवादले लामो समयदेखि अस्थिर क्रिकेट संघका केही महत्वपुर्ण प्रशासनिक निर्णय गराउन साधारण सभा गर्न लागिएको बुझिएको छ ।