३२ जेठ, एजेन्सी  । हलिउड चलचित्र जुरासिक पार्क भाग चारले पहिलो हप्ता मै ५० करोड डलर ( नेपाली ५ अर्ब ) व्यापार गर्न सफल भएको छ ।हलिउड बक्स अफिसमा पहिलो हप्ता मै ५० करोड डलर कमाउने पहिलो चलचित्र भएको छ ।बिश्वको ६६ देशमा एकै साथ रिलिज भएको चलचित्रले जुरासिक पहिले हप्तामै सबै भन्दा धेरै कमाउनेमा चलचित्र बन्न सफल भएको छ ।चलचित्र बितरकका अनुसार जुरासिक पार्कले अमेरीकामा २०. ४६ करोड डलर, चीनमा १० करोड डलर, बिटेन र आयरल्याण्डमा २ .९६ करोड डलर कमाएको बताएको छ ।चलचित्रले विश्व भरीबाट एक हप्तामै ५१. १८ करोड डलर कमाइसकेका जनाएको छ ।युनिभर्सल पिक्चर्सको यस फिल्म अमेरीकाको इतिहासमा पहिले हप्तामै अहिले सम्मको दोस्रो धेरै कमाइ गर्न सफल चलचित्रमा भएको छ ।यस चलचित्रका निर्देशक कोलिन ट्रेवोराले गरेका हुन् भने पहिलो भागको दुई चलचित्रका निर्देशक स्टीवन स्पीलबर्ग जुरासिक वल्र्डका सह–निर्माता रहेका छन् ।
चलचित्रहमा क्रिस प्रेट र ब्राइसडलास हवर्डको मुख्य भूमिका रहेको छ ।