काठमाडौं, जेठ ३२ । ट्वान्टी–ट्वान्टी विश्वकप छनौट चरण क्रिकेटको स्टार स्पोर्टस् फोरले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । २०१५ जुलाई ९ देखि २६ सम्म (२४ असारदेखि १० साउन) स्कटल्याण्ड र आएरल्याण्डमा हुनेछ ।

छनौट चरणको उत्कृष्ट ६ मा पर्न सफल भए अर्को वर्ष भारतमा हुने ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल खेल्न पाउने छ । अहिले नेपाली टोली भारतको धर्मशालामा अभ्यास गरिरहेको छ ।
स्टार स्पोर्टस् फोरले छनौट चरणको प्रत्यक्ष प्रशारण गर्नका लागि नेपाली खेलाडी सहितको प्रोमो सार्वजनिक गरेको छ । प्रोमो स्टार स्पोर्टस् फोरले नियमित प्रशारण गरिरहेको छ । प्रोमोमा नेपाली खेलाडी शक्ति गौचन, जितेन्द्र मुखिया लगायतलाई देखाइएको छ ।