जेठ ३२, एजेन्सी ।कोपा अमेरिका कप फुटवलको पछिल्लो खेलमा ब्राजिलले जित हात पारेको छ । गएराति उसले पेरुलाई २–१ ले हरायो । पेरुले तेस्रो मिनेटमा अग्रता लिएपछि दवावमा परेको ब्राजिलका लागि नेइमार नायक सावित भए ।

नेइमारले पाँचौं मिनेटमा टोलीलाई बराबरीमा पुर्‍याए भने उनको पासमा डगलास कोस्टाले ९० औं मिनेटमा गोल गर्दै जित दर्ता गराएका हुन् । जितपछि ब्रजिल तीन अंकसहित समूह सीको पहिलो स्थानमा छ । अर्को खेलमा भेनेजुयलाले कोलम्वियालाई १–० ले पराजित गर्‍यो ।