काठमाडौं जेठ ३१ । सरकारले काठमाडौं,भक्तपुर र ललितपुरलाई भूकम्पबाट संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै राष्ट्रिय पुननिर्माण कोषमा रकम जुटाउन एनआरएन अध्यक्ष शेष घलेलाई सद्भावना दूतमा नियुक्तसमेत गरेको छ।