सप्तरी, जेष्ठ ३१ । पहाडी जिल्लाहरुमा केही दिनदेखि परेको बर्षाले सप्तकोशी नदीमा पानीको बहाब बढेको छ ।

सामान्य अवस्थामा प्रतिसेकेण्ड ५० देखि ८० हजार क्युसेक रहने पानीको बहाब शनिबार बेलुका ८ बजे १ लाख ५२ हजार ७ सय ५० क्युसेक मापन गरिएको हो ।

 पानीको सतह बढ्न थालेपछि कोशी व्यारेजको पूर्वी र पश्चिमी प्रवेश द्वारमा सुरक्षाकर्मीले पालैपालो गरी यातायातका साधन पठाउन थालेका छन् ।बर्षात शुरु भएसँगै कोशीमा पानीको बहाब बढेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।