वासिङ्टन : आफ्ना लाखौँ कर्मचारीको तथ्यांक ‘ह्याक’ गरी चिनियाँ गुप्तचरले चोरेर लगेको आरोप अमेरिकाले लगाएको छ ।

चीनका गुप्तचरले लामो समयको प्रयासपछि अमेरिकाको लाखौं तथ्यांक चोरेको निष्कर्श विश्लेषकहरूले निकालेका छन् । अहिलेसम्म पाएका प्रमाणाका आधारमा आफ्नो सूचना चोर्न चीनकै संलग्नता रहेको सङ्केत मिलेको उनीहरुले बताएका छन् ।

वासिङटनस्थित अनुसन्धान संस्था सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेसनल स्टडिजका वरिष्ठ अध्येता जेम्स लुइसले विरोधीको ठूलो व्यक्तिगत तथ्याङ सिर्जना गर्नु गुप्तचर संस्थाका लागि सामान्य कुरा भएको बताए ।

उनले सामान्यतया व्यक्तिगत तथ्याङ्क महत्वपूर्ण नभए पनि ठूलो आकारको सूचनाले रणनीतिक फाइदा दिनसक्ने बताए । उनले कम्पनीहरूले विज्ञापनका लागि उपयोग गर्ने धारणाले तथ्याङ्क प्राप्त गरेजस्तै उनीहरूले तथ्याङ्क प्राप्त गरेको बताए ।

गत साता सार्वजनिक भएका समाचारमा वर्तमान तथा विगतका करिब ४० लाख कर्मचारीको तथ्याङक ह्याक भएको जनाइको छ । सङ्घीय सरकारको पत्रमा त्यो भन्दा पनि बढीको तथ्याङ्क गएको उल्लेख छ ।

यसैगरी प्रत्येक सङ्घीय कर्मचारी तथा संघीय सेवाबाट अवकास प्राप्त प्रत्येक कर्मचारी गरी करिब १० लाख सङ्घीय कर्मचारीको व्यक्तिगत तथ्याङ्क चुहिएको उल्लेख छ ।

यस प्रकारको सूचनाका कारण कम्प्युटर सञ्जालमा यो ह्याक लामो समयसम्म रहनसक्ने भएकाले यस्तो साइबर आक्रमण समस्यायुक्त भएको विश्लेषकहरूले बताएका छन् ।

क्यालिफोर्नियामा केन्द्रीय कार्यालय भएको सुरक्षा संस्था तानियमका सुरक्षा आर्किटेक्ट प्रमुख रायन काजानसियनले एक पटक तोडफोटबाट सूचना प्राप्त गर्नु र लामो समयसम्म सूचना प्राप्त गरिरहनुबीच भिन्नता भएको बताए ।

उनले जालसाँजको रूपमा भन्दा पनि जासुसीको दृष्टिकोणले के गर्ने भन्ने सोचिएमा यस्ता तथ्याङ्क अविश्वसनीय रूपमा मूल्यवान हुने उनले बताए । उनले कसैलाई लक्ष्य बनाउन चाहे यसबाट व्यक्तिलाई ब्ल्याकमेल गर्न सकिने बताए ।

काजानसियनले अमेरिकाका भूमिगत रहेको गुप्तचरहरूको पहिचान पत्ता लगाउन यस्ता तथ्याङ्कले सहयोग गर्ने बताए । हाल सुरक्षा संस्था डेनिम ग्रुपमा कार्यरत तथा पूर्व वायुसैनिक गुप्चतर जोन डिकसनले विदेशी गुप्तचर सेवाका लागि यस्ता सूचना निकै महत्वपूर्ण भएको बताए ।

उनले कसैलाई नयाँ नियुक्ति गर्न यो गुप्तचर संस्थाका लागि मूल्यवान भएको बताए । उनले यस्तो कार्य सरकारले मात्र गर्ने र अरुका लागि यस्तो सूचनामा अभिरुचि नहुने बताए ।

यस घटनाका विषयमा भर्जिनियामा केन्द्रीय कार्यालय रहेको सुरक्षा संस्था थ्रिटकनेक्टले गरेको विश्लेषणमा यस्तो कार्य चीनले गरे गरेको हुनसक्ने सिद्धान्त अगाडि आएको देखिएको छ ।

थ्रिटकनेक्टका रिच बर्गरले यस कार्यको प्राथमिक उद्धेश्य गुप्तचरी भएको देखिएको बताए । उनले यो सूचना बिक्री गर्ने वा परिचय चोर्ने आपराधिक कार्य नभएको बताए । उनले यस तथ्याङ्कले अमेरिकी सरकारको भित्री कार्यशैली बुझ्न सहयोग गर्ने बताए ।

पहिले राष्ट्रिय सुरक्षा संस्थामा कार्यरत जोन सिन्डलरले यो गुप्तचरको दृष्टिकोणबाट निकै महत्वपूर्ण विषय भएको बताए । उनले एक ब्लग पोस्टमा यस्ता तथ्याङ्कको अभूतपूर्व क्षेत्र भएको र त्यसले विरोधीलाई अमेरिकी सरकारको सूचना प्राप्त गर्न र रणनीतिक रूपमा धोका दिन सहयोग गर्ने बताए ।

अमेरिकी कर्मचारी व्यवस्थापन कार्यालयको तथ्याङ्क ह्याकलाई यस्तै प्रकारका अन्य क्रियाकलापसँग पनि जोड्न सकिने विश्लेषकहरूले बताएका छन् ।