काठमाडौं, जेठ ३०। पर्वतमा छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
पर्वत तिलाहार गाविसस्थित ज्ञानेन्द्र प्राथमिक विद्यालयमा पढाउने शिक्षक बमवहादुर खत्रीले बालिकामाथि यौनक्रियाकलाप गरेको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्वतमा सोमवार उजुरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

शिक्षक खत्रीले छात्रालाई एक एक गरी विद्यालयको पुस्तकालयमा बोलाएर आफ्नो संवेदनशील अँग छात्रालाई देखाएर विभिन्न हर्कत गर्ने गरेको प्रहरीमा दर्ता भएको उजुरीमा उल्लेख छ। उजुरीमा छात्रा जान नमाने जर्वजस्ती तानेर लैजाने गरेको पनि जनाइएको छ।

शिक्षक खत्रीले उक्त यौन क्रियाकलाप कक्षाको अभ्यास भएको र त्यो आफूले मात्र गर्न पाउने भन्दै यौन शोषण गर्दै आएको ती छात्राले बताएका छन्। उनीहरूका अनुसार उक्त क्रियाकलाप अन्य सरले गर्न नपाउने र यस कुरा कसैलाई नभन्न भन्दै धम्काउने गरेको थिए।

शिक्षक खत्रीलाई ४ वर्ष अघिपनि यस्तै घटनामा स्थानीय बासिन्दा र अभिभावकको रोवहरमा माफी मगाई अवदेखि त्यस्तो व्यवहार नगर्ने सर्तमा कागज गराएर छाडेको विद्यालयका प्रधानाध्यापक टेकवहादुर भुवाजीले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय पर्वतले प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्›कुमार श्रेष्ठले घटनाको थप अनुसन्धान भैरहेको र कारवाहीको प्रकृया अगाडी बढाइएको जानबारी दिनुभयो।