काठमाडौं, जेठ ३० – शनिबार बिहान दोलखा केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ । बिहान ७ बजेर ३ मिनेट जाँदा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बिन्दु भएर भूकम्प गएपछि यो सहित अहिलेसम्म ४ रेक्टरमाथिका ३ सय १४ वटा पराकम्प गएको केन्द्रले जनाएको छ ।