२९ जेठ, चितवन । नेपाली काँग्रेस चितवनको क्षेत्रीय कार्यालयमा शुक्रबार तोडफोड भएको छ । अज्ञात समूहले फूलबारीमा रहेको क्षेत्रीय कार्यालयमा तोडफोड गरेको काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले जानकारी दिए ।

सो क्षेत्र प्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्र हो । कोइरालाले विजयी भएर सिट छाडेपछि रामकृष्ण घिमिरेले उपचुनावमा विजयी भएका थिए ।

तोडफोडबाट झ्यालका सिसा फुटेका छन् । टेबल कुर्सीमा समेत क्षेति  भएको सभापति गुरुङले बताए । तोडफोड गर्ने समूहको पहिचान भने खुलेको छैन ।