नेपालगंज जेठ २९ । भूमिगत अपराधको आतंकबाट शान्त हुन खोजीरहेको बाँकेमा मंगलवार राती फरक फरक स्थानमा दुईवटा हत्या भएको छ ।बाँके नरैनापुर गाबिस स्थित खोलामा घाँटी रेटिएको, हात काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ, भने सोनपुर वडा नं.८ मा पनि एक युवकको शव प्रहरीले बरामद गरेको छ । नरैनापुरको दक्षिण पश्चिम तर्फ इलाका प्रहरी कार्यालय नरैनापुरबाट करिब २ सय मिटरमा सो युवककोे हत्या भएको हो ।फरक फरक स्थानमा बरामद गरिएका दुबै शव बारे स्थानीयबासिन्दा समेत बेखबरछन् । युवाहरु कुन जिल्लाका हुन, हत्या किन र कस्ले गरेको हो भन्ने बारे प्रहरी आफै अनभिज्ञ भेटियो । भेटिएको शव परिक्षणका लागि प्रहरीले नेपालगन्ज स्थित भेरी अंचल अस्पताल पुर्याएको छ ।सोनपुरमा भेटिएको युवाको शव साँझ अं.८ः०० बजेको समयमा मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान सार्वजनिक गरेको छ ।

सोनपुरमा फेला परेको शवमा कुनै भागमा हत्या भएको निसान देखा नपरेको प्रहरी भनाइ छ ।मृतकहरुको लाशजाँच मुचुल्का समेतको प्रारम्भिक कार्य पुरा भएपछि परिक्षणका लागि भेरी अंचल अस्पताल पठाएको बताइएको छ । विहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । नरैनापुरमा दिउँसो सम्म कसैलाई हत्या बारे जानकारी भएन । भैंसी चराउन जान लागेका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरी बोलाएका थिए ।
घटनास्थलमा पुगेको प्रहरीले हत्या रिसिइबीका कारण भएको हुन सक्ने अनुमान गरेको छ । यद्यपि मृतकको सनाखत हुन नसकेका कारण अनुसन्धान निकै जटिल रहेको प्रहरी भनाइ छ । बाँकेमा हत्याको सिलसिला यो नौलो होइन । खासगरि नरैनापुर क्षेत्रमा १÷२ वर्षमा हत्या हुने गरेको स्थानीय रामपाल हरिजनले बताए ।हत्या बारे कुरा गर्दै बाँकेका प्रहरी प्रमुख एसी वसन्त पन्तले सोनपुरको शव हत्या नभई विष सेवन गरेको हुन सक्ने बताएका छन् । ‘शरीरको कुनै भागमा हत्याजन्य सबूद देखा परेको छैन’, उनले भने, ‘नरैनापुरमा भने हात र घाँटी काटि(हलाल गरि) हत्या गरिएको देखिन्छ ।’अन्दाजी २५÷२६ वर्षका दुबै युवकहरु बाँकेमा कहाँबाट आए, उनीहरु भारतीय नागरिक हुन वा होइनन भन्ने बारे प्रहरी अनुसन्धान जारी रहेको बताइएको छ ।यद्यपि बा“केमा अनुसन्धान पूरा नभएका केहि घटनाहरु पनि छन जसका फाइल बन्द गरिएको छ । त्रिवेणी मोडमा हत्या गरि औंला काटिएका एक अज्ञात शव बारे अनुसन्धान गरि रहेको प्रहरीले पछि कुनै तथ्य सार्वजनिक गरेन ।

afFs]df b’O{sf] xTiofस्थानीयहरुका अनुसार नरैनापुरमा पछिल्लो एक दशक भित्र भएको यो चौथो घटना हो ।यसअघि पूर्व गाबिस सचिव नायब खाँ, नरैनापुरका बासिन्दा जाहिर खाँ, स्थानीय गल्ला ब्यवसायी दिनेश कलवारको हत्या श्रृंखलामा यो अज्ञात शव जोडिएको स्थानीय हुसेन खाँले बताए । ‘सबैको घाँटी नै काटिएको थियो, हत्याको प्रकृति एउटै किसिमको रह्यो’, स्थानीहरु भन्छन्, ‘हत्या गर्ने ब्यक्ति पनि एउटै हुनु पर्छ ।’ नरैनापुर क्षेत्रमा भएको हत्याले त्यसक्षेत्रमा नै बुधवार तनाव देखियो, यद्यपि प्रहरीले घटना बारे अनुसन्धान सुरु गरेको जनाएको छ ।