काठमाडौं, जेष्ठ २९ ।विपत्तिको मौका छोपी व्यापारीले बजारमा एकाधिकार (कार्टेलिङ) जमाउँदै अधिकांश खाद्य सामग्रीमा भारी मूल्यवृद्दि गरेका छन् । दाल, चामल, खानेतेल, तरकारीलगायत अधिकांश खाद्य वस्तुको भाउ अस्वभाविक रुपमा बढाइएको छ ।

०७१ चैतको तुलनामा ०७२ वैशाखमा खाद्यान्न मूल्य प्रतिकेजी ३० देखि ४० रुपैयाँसम्म बढी छ भने तरकारीमा शतप्रतिशतसम्म बढाइएको छ ।वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसयताका अनुकम्पनले जनजीवन तहसनहस भएका बेला उपभोक्ताको ढाड सेक्ने गरी अधिकांश दैनिक उपभोग्य पदार्थको मूलयवृद्दि गरेका हुन् ।