सिन्धुपाल्चोक २८ जेठ । बिहीबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर फेरि भूकम्पको धक्का महसुस भएको छ। बिहान १० बजेर २ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

आज बिहान मात्रै १२ बजेर २६ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको धक्का महसुस भएको थियो। यसअघि बुधबार मात्रै सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर दुई र दोलखालाई केन्द्रबिन्दु बनाएर एक पटक भूकम्पको धक्का महसुस गएको थियो ।