काठमाडौ, जेष्ठ २७ – संवैधानिक राजनीतिक, संवाद तथा सहमति समितिको बुधबार बसेको बैठकले संविधानका सबै विवादित विषयमा सहमतिको प्रतिवेदन प्रस्ताव पेश गर्न ६ सदस्यीय उपसमिति गठन गरेको छ । पूर्णबहादुर खड्का संयोजक रहेका उपसमितिमा गोकर्ण विष्ट, कृष्णबहादुर महरा, प्रेमबहादुर सिंह, गोपाल दहित र डिलनाथ गिरी सदस्य छन् ।सोमबार साँझ मुख्य चार राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमतिका अाधारमा उपसमितिले प्रस्ताव तयार गर्ने छ। बुधबार साँझ फेरि समितिको बैठक बस्ने जनाइएको छ। उपसमितसिले तयार गरेको प्रस्ताव बिहिबार बस्ने संविधान सभाको बैठकमा पेश गरिने छ।  संविधानसभाको बैठकले संविधानको मस्यौदा लेख्न मस्यौदा लेखन समितिमा पठाउने छ ।