झापा, जेष्ठ २७ । इलामको चुलाचुलीमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा चुलाचुली–६ की ४१ वर्षिया प्रिति माया लिम्बू र चुलाचुली–४ की ३२ बर्षिय धनमाया लावती रहेका छन् ।चुलाचुली जंगलबाट आएको एउटा हात्तीले सोही ठाउंका रञ्जन लिम्बूलाई समेत आक्रमणगरेपनि उनि भने भाग्न सफल भएका छन् ।

आज बिहान ५ बजेतिर धारामा पानी लिन जाने क्रममा प्रिती मायालाई र घर बाहिरै आगनमा धनमायालाई आक्रमण गरी हात्तीले ज्यान लिएको प्रहरी चौकी चुलाचुलीले जनाएको छ ।