भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको वस्तुस्थित बुझ्न तत्काल थप एक सैन्य टोली पठाएका छन् । मोदीको निर्देशन अनुसार आजै भारतबाट वायु सेनाको एमआई १७ हेलिकप्टरमा टोली काठमाडौं उडेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपालमा मंगलबार भूकम्प गएलगत्तै मोदीले सुरक्षा अधिकारीलाई बोलाएर नेपालको वस्तुस्थिति बुझ्न सैन्य टोली पठाउन निर्देशन दिएका हुन् ।

यसअघि भारतबाट आएको उद्दार टोली काठमाडौंमै छन् ।