मंगलबार दिउँसो आएको शक्तिशाली भूकम्पबाट सिन्धुपाल्चोक र दोलखामा १० जनाको मृत्यु भएको खबर आएको छ भने सिन्धुपाल्चोकमा पाँच जनाको मृत्यु भएको छ ।

गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भूकम्पले सिन्धुपाल्चोक र दोलखामा ठूलो क्षति भएको छ ।

सिन्धुपाल्चोक को चौतारा र हगाम लगायतका गाउँमा १२ गतेको भूकम्पबाट बाँकी रहेका घरहरु मंगलबारको भूकम्पबाट भत्किएका छन् । चौतारा, मेलम्ची र हगाम लगाउतका गाउँमा केही व्यक्ति घाइते भएको स्थानीय सञ्चारकर्मीले जनाएका छन् ।

दोलखा सदरमुकाममा भूकम्पले क्षति पुर्‍याएको छ । थप विवरण आउन बाँकी छ । अमेरिकी भूगर्भ विभागले भूकम्प ७.४ रेक्टर स्केलको भनेको छ ।