धनकुटामा यही बैशाख ३१ गते चेलिवेटी बेचबिखन बिरुद्धको जनचेतनामुलक भिडियो डकुमेन्ट्री फिल्म प्रदर्शन गरिने भएको छ । निर्दोष कोइरालाको लेखन तथा निर्देशन रहेको सत्य घटनामा आधारित एउटी नेपाली चेलीको दर्दनाक कथा समेटिएको डकुमेन्ट्री फिल्म ‘माया’ प्रदर्शन गर्न लागिएको हो ।

चेलिवेटी बेचबिखन बिरुद्ध जनचेतना फैलाउँने उद्धेश्यले आगामी बिहिबार स्थानीय त्रिवेणी उच्च मावीमा सो डकुमेन्ट्री फिल्म प्रदर्शन गर्न लागिएको लेखक तथा निर्देशक कोईरालाले जानकारी दिए । उनका अनुसार अपरान्ह ४ बजेबाट डकुमेन्ट्री प्रदर्शन सुरु हुँनेछ । गोपी क्रिएसन एण्ड मुभीको ब्यानरमा रहेको सो डकुमेन्ट्री अनिल लिम्बुले निर्माण गरेका हुन । धनकुटाको सल्लेरी, टुडिखेल, क्याम्पस गेट आसपास तथा ईलाम लगायत क्षेत्रमा भानु न्यौपानेले सो डकुमेन्ट्रीको छायाङ्गन गरेका छन । डकुमेन्ट्रीमा माया चाहार, जिवन कटेल, कल्पना पाण्डे, शिव नेपाल लगायतको अभिनय रहेको छ ।

प्रदर्सनीमा महिला तथा बालबालिका कार्यालय, उद्योग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, दलित महिला संघ, धनकुटा ईन्स्टिच्युट अफ हेल्थ साईन्स, सुर्या लाईफ ईन्स्योरेन्स, नेशनल लाईफ ईन्स्योरेन्स, नेपाल लाईफ ईन्स्योरेन्स, मोहन बिस्कुट उद्योग, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र द सेभेन युथ क्लव लगायतले सहयोग गरेका छन ।