महाभूकम्पपछि सयौं जहाजको चाप थेगेको मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको धावनमार्ग उप्किएपछि झन्डै एक घन्टा विमानस्थ बन्द भएको थियो ।
दक्षिणी भेग कोटेश्वरबाट जहाज अवतरण (टच डाउन) गर्ने भागको दुई ठाउँमा उप्किएपछि विमानस्थल करिब एक घन्टा बन्द गरिएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले जानकारी दिए । ‘अहिले मर्मत गरेपछि जहाज उडान–अवतरण सुचारु भएको छ ।’
श्रेष्ठका अनुसार सोमबार दिउँसो १ बजेर १९ मिनेटदेखि २ बजेर ८ मिनेटसम्म विमानस्थल बन्द गरिएको थियो । केही अन्तर्राष्ट्रिय जहाज लखनउ ‘डाइभर्ट’ भएका थियो र अहिले काठमाडौं आउन थालिसके छ ।