जेष्ठ १७ ।  यस वर्षको एफ.ए कप फुटबल प्रतियोगिताको उपाधि आर्सनलले जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा एस्टन भिल्लालाई ४-० ले हराँउदै आर्सनलले किर्तीमानी १२ औं पटक एफ.ए कपको उपाधि जितेको हो ।

खेलमा आर्सनलालाई विजयी गराउन  थियो वाल्कोट, अलेक्सीस सान्चेज, परमर्टेस्याकर र ओलिभर जिरुले एक एक गोल गरे ।

जितसँगै आर्सनलले एफ.ए कप फुटबलको साविक उपाधि रक्षा समेत गरेको छ ।

सन् २००४ यता इंग्लिश प्रिमियर लिगको उपाधि जित्न नसकेको आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरलाई यो जितले केही राहत मिलेको छ ।