महोत्तरी, १६ जेठ, प्रहरीले महोत्तरीको सोनमाबाट ठूलो परिमाणमा सुपारी बरामद गरेको छ । गएराति करिब १ बजे प्रहरी चौकी रघुनाथपुरको टोलीले महोत्तरीको सोनमा–५ बाट ट्रकमा लोड गरिएको अवस्थामा ७० बोरा सुपारी बरामद गरेको हो । सुराकीको आधारमा गस्ती टोलीले जाँच गर्दा लोड गरिएको अवस्थामा ना५ख ७९०९ नम्बरको ट्रकबाट ५८ क्विन्टल सुपारी बरामद गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । ट्रकको चालक फरार रहेको छ भने ट्रक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले बताउनुभयो ।